गोरखा । गोरखाको गण्डकी गाउँपालिकामा अध्यक्षमा दिपक तिमिल्सिना र उपाध्यक्षमा ललिता अधिकारीले जित हात पारेका छन् । बिजयी अध्यक्ष तिमिल्सिना माओवादी केन्द्रका हुन भने उपाध्यक्ष अधिकारी नेपाली काँग्रेसकी हुन् ।
नेपाली कांग्रेसका उम्मेदवार होमबहादुर रानालाई १ हजार ६७१ मत अन्तरले हराउदै माओवादी केन्द्रका तिमिल्सिना विजयी बनेका हुन् ।
अध्यक्ष तिमिल्सिनाले ६ हजार ३२६ मत पाएका थिए भने उनका प्रतिद्धन्दी नेपाली कांग्रेसका रानाले ४ हजार ६५५ मत पाएका थिए ।
उता उपाध्यक्षमा नेपाली काँग्रेसकी अधिकारीले जनता समाजवादी पार्टिका उम्मेदवार भिमनारायण श्रेष्ठलाई ७७७ मतको अन्तर पारेर विजयी भएकी हुन् । बिजयी अधिकारीले ४ हजार ८२१ मत पाएकी छिन् भने उनका प्रतिद्वन्दी श्रेष्ठले ४ हजार ४४ मत पाएका थिए ।
माओवादी केन्द्र र जनता ससाजबादी पार्टीको गठबन्धन रहेको उक्त पालिकामा पराजित एमालेका तर्फबाट अध्यक्षमा उम्मेदवारी दिएका विण्णुप्रसाद पन्तले १ हजार १६२, मंगोल नेशनल अर्गनाईजेशनका गंगाबहादृुर रानाले ३० मत, राप्रपाका अम्बिका रुपाखेती र स्वतन्त्रबाट उम्मेवारी दिएका बिशेष पन्तले २६÷२६ मत पाएका थिए ।
त्यस्तै गरी, उपाध्यक्षमा उम्मेवारी दिएका एमालेका रेणुका नहर्कीले १ हजार २०५ र राप्रपाका बावुराम रेग्मीले ४१ मत पाएको थियो ।






















