गोरखा । गोरखा नगरपालिका वडा नम्बर ११ को मत परिणाम सार्वजनिक भएको छ ।
सार्वजनिक भएको मत परिणाम अनुसार उक्त वडामा माओवादी केन्द्रका रामबहादुर खड्का बिजयी भएका छन् । उनी यस अघि पनि माओवादी केन्द्रबाट वडाध्यक्षमा बिजयी भएका थिए ।
खड्काले उनका प्रतिद्वन्दी नेपाली काँग्रेसका सुनिल कुँवरलाई २१ मत अन्तरले पराजय गरको मुख्य निर्वाचनको कार्यालयले जनाएको छ । खड्काले ३९० मत पाउदा कुँवरले भने ३६९ मत पाएका थिए ।
सार्वजनिक मत परिणाम अनुसार उक्त वडामा दलित महिला सदस्य र खुल्ला २ सदस्यमा नेपाली काँग्रेसले जित हात पारेको छ भने महिला सदस्यमा माओवादी केन्द्रले जितेको छ ।


