गोरखा । गोरखाको शहिद लखन गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवारहरु बिजयी भएका छन् । अध्यक्षमा रमेशबाबु थापा मगर र उपाध्यक्षमा इन्दिरा तिवारी निर्वाचित भएका हुन् । उनीहरु अघिल्लो स्थानिय निर्वाचनमा समेत निर्वाचित भएका थिए ।
अघ्यक्ष मगरले ५ हजार ४७४ मत पाएर बिजयी भएका हुन् । उनका प्रतिद्वन्दीनेपाली काँग्रेसका नारायणप्रसाद लामिछानेले ४ हजार ४३२ मत पाएका थिए ।
त्यस्तै गरी, उपाध्यक्षमा निर्वाचित तिवारीले ४ हजार ९९६ मत ल्याएकी छन् । उनका प्रतिस्पर्धी उम्मेदवार नेपाली काँग्रेसकी शर्मिला श्रेष्ठले ४ हजार ४३२ मत पाएका थिए ।
उक्त पालिकामा नेकपा एमाले वडा नम्बर १, माओवादी केन्द्रले वडा नम्बर २, ४, ५ र ९ तथा नेपाली काँग्रेसले वडा नम्बर ३, ६, ७ र ८ मा वडाध्यक्ष जितेका हुन् ।


