गोरखा । भीमसेन थापा गाउँपालिकाको अध्यक्ष माओवादी केन्द्र र उपाध्यक्ष नेपाली कांग्रेस बिजयी भएका छन् ।
बिजयी हुनेमा अध्यक्षमा लोकप्रसाद बञ्जारा (अक्कल) र उपाध्यक्षमा अमृता वस्तीले हुन् । अध्यक्ष बन्जाराले ४ हजार ९८० मत पाएका छन् भने उनकन निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका रोशन गुरुङले ४ हजार ८ सय ८५ मत ल्याएका थिए ।
त्यस्तै गरी, उपाध्यक्षमा नेपाली कांग्रेसकी वस्तीले ४ हजार ९४९ मत प्राप्त गरी बिजयी भएकी छिन् । उनले माओवादी केन्द्रकी जुनुमायाँ श्रेष्ठलाई पराजित गरेकी हुन् ।
भीमसेन थापा गाउँपालिकाको वडा नम्बर १, ५, ६,७ मा माओवादी केन्द्र र वडा नम्बर २, ३ र ४ मा नेपाली कांग्रेसका वडाध्यक्ष बिजयी भएका छन् ।


