गोरखा । हालै सम्पन्न स्थानिय निर्वाचन अन्तरर्गत गोरखा नगरपालिकाको ९ र १० नम्बर वडामा नेपाली काँग्रेसले वडाध्यक्षमा बिजय हात पारेको छ । जस अनुसार ९ मा कुलबहादुर कुँवर र १० मा प्रदिप कुँवर बिजयी भएको मुख्य निर्वाचन कार्यालयले जनाएको छ ।
प्राप्त जानकारी अनुसार वडा नम्बर ९ मा कुलबहादुर कुँवरले ६०१ मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्दी माओवादी केन्द्रका रणसिं बस्नेतले ५४६ मत पाएका थिए ।
त्यस्तै गरी वडा नम्बर १० मा प्रदिप कुँवरको प्यानलले बिजय हात पारेको छ । १० का वडाध्यक्ष प्रदिपले ८६४, महिला सदस्य ७५५, दलित महिला सदस्य ७५० र खुल्ला तर्फको पहिलोले ८०७ र दोस्रोले ६८५ मत प्राप्त गरेको छ ।


