गोरखा । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार बिजयी भएका छन् । अध्यक्षमा बिष्णु भट्ट र उपाध्यक्षमा सनमाया गुरुङ निर्वाचत भएका हुन् । उनीहरु दुवै जना यस अघिको स्थानिय निर्वाचनमा समेत बिजयी भएका थिए ।
बिजयी भट्टले ५ हजार ७१९ मत ल्याउन सफल भएका छन् । उनका प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार जीतबहादुर घलेले ४ हजार ८६४ मत पाएका थिए ।
त्यस्तै गरी, उपाध्यक्षमा निर्वाचित भएकी माओवादी केन्द्रकी गुरुङले ५ हजार ७६५ मत ल्याउन सफल भएकी छिन् भने उनकी प्रतिद्वन्दी नेपाली कांग्रेसकी लेखमाया रानाले ४ हजार ५७५ मत पाएका थिईन ।


