गोरखा । हालै सम्पन्न स्थानिय निर्वाचनमा गोरखाको आरुघाट गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली काँग्रेसले जित हात पारेको छ ।
सार्वजनिक मत परिणाम अनुसार अध्यक्षमा राजु गुरुङ र उपाध्यक्षमा कल्पना नेपाली विजयी भएको निर्वाचन अधिकृत श्रीघर गौतले जानकारी दिए ।
गौतमका अनुसार गुरुङले ५ हजार ५५६ मत पाएका छन् । उनका प्रतिद्वन्दी नेकपा एमालेका कृण्ण नेपालीले ४ हजार ८३३ मत पाएका थिए ।
त्यस्तै गरी उपाध्यक्षमा नेपालीले ६ हजार ३३१ मत पाएका छन् । उनका प्रतिद्वन्दी नेकपा एमालेकी सिता दाहालले ३ हजार ८१६ मत पाएको अधिकृत गौतमले जानकारी दिए ।




















