गोरखा । हालै सम्पन्न स्थानिय निर्वाचन अन्तरर्गत गोरखा नगरपालिका वडा नम्बर ८ को मतगणना सम्पन्न भएको छ । सम्पन्न मतगणना अनुसार माओवादी केन्द्रका ऋषीराम खत्री वडाध्यक्षमा बिजयी भएका छन् । खत्रीले ७२२ मत पाएका छन् भने उनका प्रतिद्वन्दी नेपाली काँग्रेसका कृण्णबहादुर खत्रीले ७१९ मत पाएका थिए ।
निकै प्रतिस्पर्धा देखिएको यो वडामा एमालेका उम्मेदवारले भने ३२४ मत पाएका छन् ।
त्यस्तै गरी, महिला सदस्य र दलित महिला सदस्यमा पनि माओवादी केन्द्रले जित हात पारेको छ । उनीहरुले क्रमश. ५९० र ५९७ मत प्राप्त गरेका छन् ।
खुल्ला २ सदस्यमा भने नेपाली काँग्रेसका उम्मेदवारहरु बिजयी भएका छन् । खुल्ला पहिलोमा ५८३ र दोस्रोमा ५४३ मत ल्याएर नेपाली काँग्रेसका उम्मेदवाहरु बिजयी भएका छन ।


