काठमाण्डौं । मोडल विप्लप आले मगर र सजिना गुरुङबीचको प्रेम र रोमान्सले भरिपूर्ण ‘हाम्रो सम्बन्ध’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । यस गीतमा स्वर, शब्द र संगीत गायक नविन बिश्वकर्माको रहेको छ । गीतलाई इजोक थापा मगरले संगीत संयोजन गरेका हुन् ।
दक्षिण कोरियामा छायाँकन गरिएको यस भिडियोमा इकामशटको सम्पादन र छायाँकन रहेको छ । भिडियो इजोक थापा मगरको निर्देशनमा तयार पारिएको हो । यसअघि गायक बिश्वकर्माको स्वरमा ‘यादमा’ र ‘आभाष’ बोलको गीतहरु सार्वजनिक भैसकेको छ ।


