गोरखा । गोरखा नगरपालिका ७ को मतगणना कार्य सम्पन्न भएको छ । सम्पन्न मतगणना अनुसार माओवादी केन्द्रका विण्णुप्रसाद श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका छन् ।
उनले निकै फराकिलो मत अन्तरले नेपाली काँग्रेसका उम्मेदवारलाई पराजय गर्दै बिजयी भएका हुन् । श्रेष्ठले निकटतम प्रतिद्वन्दी नेकाका उम्मेदवालाई ५३१ मतले पछि पारेको छ ।
प्राप्त मत परिणाम अनुसार श्रेष्ठले ८६९ मत पाएका छन् भने नेकाका उम्मेदवारले ३३८ र एमालेका उम्मेदवारले २७७ मत पाएका छन् । मत परिणम अनुसार दलित महिला सदस्य पदमा माओवादी केन्द्रले पाएको छ भने महिला सदस्य र खुल्ला २ सदस्यमा नेपाली काँग्रेसले जित हात पारेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।


