गोरखा । नेपाली काँग्रेसको ठुलो गढ मानिएको गोरखा नगरपालिका ६ मा स्वतन्त्रका राजेन्द्रकुमार जोशी (दिलिप)ले वडाध्यक्षमा विजयी हात पारेका छन् । गुलाफ चिन्हबाट उम्मेदवार दिएका जोशीले नेपाली काँग्रेसका आनन्द गुरुङ (काजी) लाई हराउदै वडाध्यक्ष बन्न सफल भएका हुन् ।
जोशीले गुरुङलाई ९६ मतअन्तरले पराजय गरेको हो । जोशीले ५९९ मत पाउदा कांग्रेसका गुरुङको ५०३ मत पाएका थिए । त्यस्तै गरी, नेकपा एमालेबाट वडाध्यक्षमा उम्मेदवारी दिएका सानुकाजी वन्तले जम्मा २६३ मत पाएका छन् ।
बाँकी ४ वटा वडासदस्यमा भने काँग्रेसका उम्मेदवार विजयी बनेका छन् । बिजयी हुने काँग्रेसका उम्मेदवारहरुमा रञ्जिला श्रेष्ठ, सित्तलकाजी मास्के, मिलन राना मगर र मनिषा परियार रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।


