गोरखा । हालै सम्पन्न स्थानिय निर्वाचनको मत परिणाम अनुसार गोरखा नगरपालिकामा नेपाली काँग्रेसले अग्रता हासिल गरेको छ । नगरपालिकाको वडा नम्बर १, २, ३, ४ र ५ को मत परिणाम सार्वजनिक हुदा नगरपालिकाका प्रमुखमा राजनराज पन्तले २ हजार ४२८ मत प्राप्त गरेको छ भने नेपाली काँग्रेसकै उप प्रमुखमा मसलीमायाँ थोकर (सपना पुनः)ले सर्वाधिक मत २ हजार ४६१ मत पाएकी छिन् ।
नेपाली काँग्रेसलाई पच्छाउदै नेकपा एमालेका तर्फबाट प्रमुखमा उम्मेदवारी दिएका सम्झना देवकोटाले २ हजार ३५९ मत प्राप्त गरेकी छिन भने उप प्रमुखमा देवीबहादृर बस्नेतले २ हजार २५४ मत पाएका छन् ।
उता एमालेलाई पच्छाउदै माओवादी केन्द्रका कृण्ण राना मगरले १ हजार ८७९ मत प्राप्त गरेका छन् । माओवादीकै एलान्समा उप प्रमुखमा उम्मेदवारी दिएका जसपाका नारायण खत्रीले १ हजार १७९ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।




















