गोरखा । हालै सम्पन्न स्थानिय निर्वाचन अन्तरर्गत गोरखा नगरपालिका ४ को मत परिणाम सार्वजनिक भएको छ । सार्वजनिक भएको मत परिणाम अनुसार माओवादी केन्द्रका लालप्रसाद भट्टराई वडाध्यक्षमा बिजयी भएको हो । उनले ५९७ मत ल्याएका छन् ।
उनका प्रतिद्वन्दी नेपाली काँग्रेसका उम्मेदवारले ५५९ मत ल्याएका थिए भने नेकपा एमालेका उम्मेदवारले ५३६ मत पाएका छन् । काँग्रेसको किल्ला मानिएको उत्त वडामा पहिलो पटक माओवादीले वडाध्यक्षमा जित हात पारेको हो ।
त्यस्तै गरी महिला सदस्यमा एमालेका उम्मेदवारले ५९९ मत पाएर विजयी भएका छन् भने दलित महिला सदस्यमा पनि एमालेकै उम्मेदवारले ५८९ मत पाएर बिजयी भएका छन् ।
खुल्ला २ सदस्यमा पहिलोमा एमालेका उम्मेदवारले ५४६ मत ल्याएर बिजयी भएका भने खुल्ला दोस्रो पदमा नेपाली काँग्रेसका उम्मेदवारले ५४९ मत ल्याएएर विजयी भएका छन् ।


