गोरखा । बारपाक सुलिकोट गाउँपालिका १ मा नेपाली कांग्रेस र अजिरकोट गाउँपालिका २ मा माओवादी केन्द्रको प्यानल नै बिजयी भएका छन् ।
बारपाक सुलिकोट १ माधनबहादुर घले ३६४ मत ल्याएर अध्यक्षमा बिजयी भएका हुन् । उनका प्रत्यासी माओवादी केन्द्रका रामबहादुर गुरुङले २४७ मत ल्याएको निर्वाचन अधिकृत शेषकान्त पौडेलले बताए ।
त्यस्तै गरी, अजिरकोट गाउँपालिका २ मा माओवादी केन्द्रका कृष्णबहादुर गुरुङको प्यानल बिजयी भएको छन् । विजयी गुरुङले ६६२ मत प्राप्त गरेका थिए भने उनका प्रत्यासी नेपाली कांग्रेसका उम्मेदवारले ४७३ मत ल्याएका थिए ।
उत्त वडामा १ हजार २८७ मत खसेको थियो ।




















