गोरखा । गोरखाको शहिद लखन गाउँपालिका २ को मनकामनामा सकुन थापा विजयी भएकी छिन् । थापाले एमालेका अचलबावु थापालार्ई ११९ मतले पछि पादै जित हात पारेकी हुन् । अचल यस अघि सोही वडाका वडाध्यक्ष पदमा विजयी भएका थिए ।
शहिद लखनमा महिला वडाध्यक्ष पदमा निर्वाचित हुने उनी पहिलो महिला बनेकी छिन् । उनले वडाध्यक्षमा ५७२ मत पाएका थिए । उनका निकटम प्रतिद्वन्द्वी एमालेका अचलबाबु थापाले ४५३ मत पाएका थिए ।
वडाध्यक्षमा सकुन संगै उक्त वडामा माओवादी केन्द्रले पूरै प्यानल जित हात पारेको निर्वाचन कार्यालयले जनाएको छ ।




















