गोरखा । आरुघाट गाउँपालिकाको १, २ र ३ मा वडाध्यक्ष सहित नेपाली काँग्रेसको प्यानल नै विजयी भएका छन् । वडा नम्बर १ मा नेपाली काँग्रेसका सूर्य घलेले १ हजार १८७ मत ल्याएर विजयी बनेका हुन् । उनका निकटतम प्रतिस्प्रधी नेकपा एमालेका विर्ख गुरुङ्गले ४६४ मत ल्याएका छन् ।
वडा नम्बर २ को मान्बुमा पनि काँग्रेस रमेश लामिछानेले ८९४ मत ल्याउदै विजयी बनेका छन् । उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका कर्ण घलेले २८० मत मात्र पाएका थिए ।
यस्तै गरी, वडा नम्बर ३ को थुमी पनि पनि नेपाली काँग्रेस टेकबहादुर अधिकारीले ५०६ मत ल्याउदै बिजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवारले ४२६ मत ल्याउन सफल भएका थिए । साविक थुमी गाविसमा नेकपा एमालेको किल्लाका रुपमा चिनिदै आएको थियो ।
विजयी सबै वडामा नेपाली काँग्रेसले खुल्ला सदस्य, दलित महिला सदस्य र महिला सदस्य सबैमा जित हात पारेको छ ।


