गोरखा । हालै सम्पन्न स्थानिय निर्वाचन अन्तरर्गत गोरखा नगरपालिका ३ को मतगणना आज बिहान सम्पन्न भएको छ । सम्पन्न मतगणना अनुसार एमालेका चुलबहादुर कुवँर (सानुकाजी) वडाध्यक्षमा बिजयी भएका छन् । उनी संगै उनका प्यानल नै बिजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय गोरखाले जनाएको छ ।
तस्बिर सौजन्य काजीराम रोक्का जिल्ला सचिव नेकपा एमाले गोरखा
बैशाख ३० गते भएको निर्वाचनमा २ हजार ४२८ मत खसेकोमा कुवँरले १०६० मत प्राप्त गरेर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्ववन्दी नेपाली काँग्रेसका केदार बस्नेतले ८८६ मत प्राप्त गरेका थिए ।
साविक नारेश्वर गाविस रहेको वडा नम्बर ३ मा एमालेका तर्फबाट खुल्ला सदस्यमा बवुल राना मगर र ईच्छा थापा तथा महिला सदस्यमा अञ्जना देवकोटा खनाल र दलित महिला सदस्यमा शोभा रोक्का उपरकोटी बिजयी भएका छन् ।
बिजयी सबै उम्मेदवारलाई आइतबार बिहानै सदरमुकामको खोलखोलेमा रहेको एमाले पार्टी कार्यालयमा स्वागत गरिएको जिल्ला सचिव काजीराम रोक्काले जानकारी दिए ।



