गोरखा । गोरखा नगरपालिकाको वडा नम्बर १ र २ को मत गणना कार्य सम्पन्न भएको छ । सार्वजनिक मत परिणाम अनुसार दुवै वडामा नेपाली काँग्रेसले प्यानल सहित जित हात पारेको छ ।
वडा नम्बर १ को ताप्लेमा नेपाली काँग्रेसका हिक्मतबहादुर कुवँरले माओवादी केन्द्रका गोबिन्दप्रसा भट्टराईलाइ १२१ मतले पछि पार्दै जित हात पारेको हो । खसेको १ हजार २१२ मत मध्ये कुवँरले ४९२ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्वन्दी भट्टराईले ३७१ मत प्राप्त गरेका थिए । त्यस्तै गरी सोही वडामा एमालेका कुमार बानियाँले २८० मत प्राप्त गरेका थिए ।
यता वडा नम्बर २ को कोखेआहालेमा पनि नेपाली काँग्रेसका रहमतुल्ला मियाँ सहितको प्यानल बिजयी भएका छन् । मियाँले एमालेका रामशरण बानियाँ भन्दा १६२ मत बढी ल्याएर बिजयी भएका हुन् । एमालेका बानियाँले भने ४१४ मत प्राप्त गरेका छन् । त्यस्तै गरी सोही वडामा माओवादी केन्द्रका जियाउर रहमान मियाँले २१८ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय गोरखाले जनाएको छ ।




















