गोरखा । निर्वाचन आयोगले पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले मतदान गरेको खोप्लाङको अन्नपूर्ण माविका मतदान अधिकृतलाई समेत स्पष्टीकरण सोधेको छ ।
आयोगले फोटो खिच्न दिएको आरोपमा मतदान अधिकृत प्रदीपकुमार रुपाखेतीलाई स्पष्टीकरण सोधेको हो ।
‘निज डा.बाबुराम भट्टराईले फोटो लिने सामग्री (मोबाइल वा क्यामेरा) लैजाँदा के कति कारणले सम्बन्धित मतदान अधिकृतले फोटो लिने सामग्री लानबाट रोक्नु भएन ?’ स्पष्टीकरणमा भनिएको छ ।
मतदान अधिकृतलाई झुक्याएर फोटो खिच्ने सामग्री लगेर मतपत्रमा गोप्य मत संकेतको फोटो खिचेको भए किन निजलाई तत्काल कारवाही भएन भनेर आयोगले साँचो विवरण खुलाई यथाशीघ्र प्रतिवेदन पठाउन आयोगले भनेको छ ।




















