गोरखा । निर्वाचनमा खटिएको कर्मचारीको लापरर्वाहीका कारण गोरखाको २ वटा मतदान केन्द्रमा अहिले मतदान स्थगित भएको छ । बारपाक सुलिकोट गाउँपालिका ६ को सुलिकोट गाउँपालिकामा रहेको माईकोट माविमा खटिएका कर्मचारी आफै मतदान गर्न अर्को केन्द्रमा गएका कारण विवाद हुदा निर्वाचन स्थगित भएको हो ।
माईकोट माविमाको ख मतदान केन्द्रमा खटिएका कर्मचारी सन्जिव थापाले आफ्नो गैर जिम्मेवारी पन देखाउदै आफ्नो केन्द्रमा मतदान गर्न गएका कारण विवाद हुदा मतदान कार्य स्थगित हुन पुगेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरिक्षक केदार खनालले बताए ।
थापा सोही पालिकाको ५ को ताकुमाझ लाकुरी बोटमा रहेको चन्द्र कला माविमा रहेको मतदान केन्द्रमा मतदान गर्न गएका कारण विवाद भएको हो । मध्यान्न २ः०० बजेदखी भएको विवाद अझै सामान्य हुन सकेको छैन ।
सर्व दलिय बैठक बोलाईएको र बैठकमा मतदान सुचारु गर्ने बिषयमा छलफल भईरहेको प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्यले जानकारी दिए । आचार्यका अनुसार विवाद सामान्य नभए वा मतदान सुरु नभए ५ बजेसम्ममा मुचुल्का गरेर खसेको मतपत्र सहित मतपेटीका मत गणना केन्द्रमा लगिने जानकारी दिए ।


