काठमाण्डौं । निर्वाचन आयोगले पूर्वप्रधानमन्त्री तथा जसपाका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईलाई स्पष्टीकरण सोधेको छ । आयोगले उनलाई २४ घण्टे स्पष्टीकरण सोधेको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी दिए ।
डा.भट्टराईले शुक्रबार आफुले गरेको मतदानको फोटो सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए । जसमा उनले जसपाको छाता चिह्नमा छाप लगाएको प्रष्ट देख्न सकिन्छ ।
गोप्य मतदान भएकाले मतपत्र कसैलाई देखाउन र प्रदर्शन गर्न पाइँदैन । तर भट्टराईले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै सामाजिक सञ्जालमा ब्यापक आलोचना भइरहेको छ । भट्टराईले पनि सामाजिक सञ्जालबाटै मतदानलाई खुला गर्ने वा गोप्य भन्ने कुरा व्यक्तिको इच्छाको विषय बताएका थिए ।





















