गोरखा । जिल्लाको सबै स्थानिय तहमा निर्वाचन कार्यक्रम शान्ति पुर्ण तरिकारले चलिरहेको छ ।
जिल्लाको ११ स्थानिय तहमा २१५ वटा मतदान स्थल र ३११ वटा मतदान केन्द्रमा अहिले मतदान चलिरहेको छ ।
जिल्ला भरी नै सुरक्षा कर्मी बाहेक १ हजार ५१७ जना कर्मचारीहरुले अहिले सर्व साधारणलाई मतदान गराउन सहयोग गरिरहेका छन् ।
बिहान ७ः०० बजेदेखी सुरु भएको मतदान साँझ ५ बजेसम्म रहने छ ।
गाेरखा नगरपालिका ६ हरमटारी निवासी ९३ वर्षका वैकुष्ठप्रसाद अर्याल मतदान पछी मतपेटीकामा मतपत्र खसाल्दै







