साँकेतिक तस्विर
गोरखा । गण्डकी गाउँपालिकाको एक मतदान केन्द्रमा विवाद हुदा प्रहरीले १ थान अश्रुग्यास प्रहार गरेको छ । गण्डकी गाउँपालिका ७ को घ्यालचोकमा रहेको ज्ञानभुमी माविको मतदान स्थलमा काँग्रेस र माओवादी बिच बिवाद हुदाँ प्रहरीले अश्रुग्यास प्रहार गरेको हो ।
कांग्रेस र माओवादीका कार्यकर्ताहरुबीच भोट हाल्ने क्रममा विवाद हुदाँ विवादले उग्र रुप लिए पछि स्थितीलाई नियन्त्रणमा लिन १ थान अश्रुग्यास प्रहार गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरिक्षक केदार खनालले जानकारी दिए । ‘एउटा बृद्व आमाको भोट हालेर फर्किएको ब्यक्ति पुनः शारिरीक असंत्तता भएको ब्यत्तिको पनि भोट हाल्न जादाँ विवाद भएको हो’ प्रहरी उपरिक्षक खनालले भने ।
अहिले स्थिती नियन्त्रणमा रहेको र घटना लगत्तै सर्व दलिय बैठक गरेर पुनः मतदान सुरु गरिएको छ ।




















