गोरखा । पूर्वप्रधानमन्त्री तथा जनता समाजबादी पार्टीका संघिय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले आज भएको स्थानिय निर्वाचनमा आचार संहिता उल्लघन गर्दै मत आफुले दिएको मतको फोटो सार्वजनिक गरेका छन् । आफुले मतदान गरेको मत संकेत सहितको फोटो आफ्नो फेसबुकमा हालेर सार्वजनिक गरेका हुन् । उनको यो कार्यको सर्वत बिरोध हुन थालेको छ ।

a
डा.भट्टराईले सार्वजनिक गरेको तस्बिरमा जसपा नेपालको चुनाव चिन्ह ‘छाता’ मा मत दिएको स्पष्ट देखिएको छ । भट्टराईले नगर प्रमुख, वडाध्यक्ष र महिला सदस्यमा जसपालाई मत दिएको स्पष्ट देख्न सकिन्छ ।
भट्टराईको यो कार्य निर्वाचन (कसुर तथा सजाय) ऐन २०७३ को दफा ९ अन्तरर्गत मत संकेत सार्वजनिक गर्न नहुने र गरेमा त्यस्ता व्यक्तिलाई मतदान अधिकृतले १५ हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने दफा ९ को उपदफा २ मा उल्लेख गरिएको छ ।
त्यस्तो मतपत्र मतपेटिकामा खसाली नसकेको भए छुट्टै खाममा सिलबन्दी गरी त्यसलाई गणना नगरिने उपदफा ३ मा उल्लेख गरिएको भएता पनि डा.भट्टराईले उक्त मत मत पेटिकामा खसालिसके पनि तस्बिरमा सहजै देख्न सकिन्छ ।
भट्टराईले गृहजिल्ला गोरखाको पालुङटार नगरपालिका १ को खोप्लाङमा रहेको अन्नपूर्ण माविबाट मतदान गरेका हुन । उनले बिहान ८ः२५ बजे मतदान गरेका थिए ।
























