गोरखा । गोरखाको मान्बुमा रक्सीले मातेका काँग्रेस र एमाले कार्यकता बिच झडप भएको छ । आरुघाट गाउँपालिका १ को मान्वुमा काँग्रेस कार्यकर्ता एमाले कार्यकर्ता बिच सोमबार राती झडप भएको हो ।
सोमबार दिनभरी चुनाव प्रचार प्रशारमा लागेका दुवै पार्टीका केही कार्यकता श्यामचेतमा रहेको एक होटलमा रक्सी सेवन गरेका र उनीहरु बिच केही असमझदारी भए पछि हात हालाहाल भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरिक्षक केदार खनालले बताए । ‘पार्टीका सबै कार्यक्रममा हाम्रा जवान संगै छन् । साँझ होटलमा बसेर खाजा खाने क्रममा आपसी असमझदारीमा झगडा भएछ’ प्रहरी उपरिक्षक खनालले भने ।
यता काँग्रेस कार्यकर्ताहरुले आफ्नो पार्टीको कार्यकता मााथी आक्रमण गरेको र सो आक्रमणमा परी बिक्रम लामा, गोपाल लामा, बिक्रम लामा, राजबहादुर लामा घाइते भएको एमाले गोरखाले जानकारी दिएको छ ।
ढोरतमा कोणसभा कार्यक्रम सकेर श्यामचेतको एक होटलमा खाजा खाने क्रममा उत्त घटना भएको थियो । आक्रमणमा परी घाईते भएका भनिएका र आक्रमणकारी दुवैलाई आज जिल्ला प्रहरी कार्यालयमा झिकाईएको र उनीहरुलाई छलफल गराउने तयारी भई रहेको गोरखा प्रहरीले जनाएको छ ।


