काठमाण्डौँ । भ्वाईस अफ नेपाल फेम्ड गायिका सुरक्षा सेन्चुरीको सुमधुर स्वरमा समावेश ‘कौवा करायो’ बोलको म्युजिक भिडीयो सार्वजनिक भएको छ । पुरानो थिमलाई समेटेर तयार पारिएको यस गीतलाई रमेश दाहालले लेखेका हुन् भने टिका दाहालले संगीतवद्द गरेका हुन् । गीतमा संदेश परियारको संगीत संयोजन रहेको छ ।
सन्ध्या बुढा (काउली बुढी) र विकाश लामिछाने अभिनित म्युजिक भिडियोमा विगतमा नेपाली समाजको अवस्था कस्तो थियो भन्ने कुरालाई देखाइएको छ । हजुर आमाले नातिनीलाई आफ्नो समयमा कसरी संदेशहरु प्राप्त गरिन्थ्यो भन्ने कुरालाई रोचक ढंगबाट भिडियोमा प्रस्तुत गरिएको छ । बुद्ध थापाले छायांकन गरेको यस भिडियोमा दिनसन शाहको सम्पादन रहेको छ ।
केशबराज भट्टको परिकल्पना र निर्देशनमा भिडियो तयार पारिएको हो । भिडियो ‘टिका दाहाल म्युजिक’ नामक युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो ।




















