काठमाण्डौं । गायिका ममता गुरुङ र गायक एवम गीतकार डिपी खनालको युगल गायननमा समावेश रोमान्टिक भर्सनको ‘मायाको मौसम’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
सदु थापा खनालको शब्द, शंकर थापा ‘स्माइल’को संगीतमा रहेको यस गीतलाई विश्व अधिकारीले संगीत संयोजन गरेका हुन् ।
मुनालशिशिर कोइरालाको निर्देशनमा तयार पारिएको भिडियोमा सुधिर श्रेष्ठ र जुना कार्कीले अभिनय गरेकी छिन् ।
इलाम र झापाका छायाँकन गरिएको भिडियोमा सुजन श्रेष्ठले अभिनय गरेका हुन् । मोडल सुधिरको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो ।


