गोरखा । लुटपाट पश्चात हत्या गरी गोरखामा लुकीछिपी बसेका सिन्धुली दुधौली नगरपालिका १ डकाहा घर भएका २६ वर्षीय प्रकाश तिमिल्सिनालाई प्रहरीले पक्राउ गर्न सफल भएको छ ।
काठमाण्डौं महानगरपालिका १५ भगवान पाउ नजिक सडक किनारमा ललितपुर महालक्ष्मी नगरपालिका ८ लुभु घर भएका २८ वर्षीय नरेशकुमार गौतमलाई तिमिल्सिना लगाएतका २ जना ब्यक्तिहरुले वैशाख २ गते लुटपाट पश्चात हत्या गरी फरार भएका थिए ।
काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय गोरखाको समन्वयमा गोरखाको चुमनुब्री गाउँपालिका ३ जगतबाट प्रकाशलाई पक्राउ गरेको हो ।
पक्राउ परेका उनलाई आवश्यक कानुनी कारवाहीको लागी प्रहरी वृत्त स्वयम्भुमा पठाइएको गोरखा प्रहरीले जनाएको छ ।




















