गोरखा । चितवनबाट गोरखामा दुलही लिन आएको एउटा जिप दुर्घटना हुदा ३ जनाको घटना स्थलमा नै मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखा जिल्ला अजिरकोट गाउँपालिका ५ चनौटे निवासी ५० को देवी पोखरेल, नवलपुर कावासोती १४ बर्ष ८० का कृण्णप्रसाद सिग्देल र काठमाण्डौं महानगरपालिका १६ बस्ने बर्ष ५० का कमलराज दानीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले पुष्टी गरेको हो ।
साँझ ७ बजे दुलही लिएर फर्कने क्रममा रोकीराखेको स्कोपियोमा जन्तीहरु चढ्ने क्रममा एकजनाले हेन ब्रेक चलाइदिएका कारण सो दुर्घटना भएको थियो । चालक चढ्न नपाउदै जन्तीहरु चढ्ने क्रममा सो घटना भएको थियो । दुर्घटना सिरानचोक गाउँपालिका ५ को आरुबोटेमा भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।
घटनामा परेको बा. १४ च ७८१ नम्बरको स्कोरपियो जीप आरुबोटेको फिरफिरे भीरबाट झण्डै २०० मिटर तल खसेको छ जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।




















