काठमाण्डौँ । प्रेम र बिछोडको कथामा आधारित मनछुने म्युजिक भिडियो ‘थाहा छैन’ सार्वजनिक भएको छ । यस गीतमा लोकप्रिय गायक उदय सोताङ र भोइस अफ नेपाल फेम्ड गायिका गीता शर्माको कर्णप्रिय आवाज रहेको छ ।
गीतकार सुमन योञ्जनको मर्मस्पर्शी शब्द रहेको यस गीतलाई स्वयम् गायक सोताङले संगीतवद्द गरेका हुन् । गीतमा कृष्ण लिम्बुको संगीत संयोजन रहेको छ ।
भिडियोमा मुकुन भुषाल र बिमला लिम्बुको शसक्त अभिनय देख्न सकिन्छ । उत्सव दाहालले छायाँकन गरेको यस भिडियोलाई बिकाश दाहालले सम्पादन गरेका हुन् । सुमन योञ्जन निर्माता रहेको यस भिडियोलाई राजेश पुमा राईको निर्देशनमा तयार पारिएको हो ।
देविथान म्युजिकको युट्युव च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो । यसअघि गीतकार योञ्जनको शब्दमा ‘फिदाु’, ‘पानी पिउने’, ‘सरु सरु लाग्यो‘, ‘कालापानी’ लगायत म्युजिक भिडियोहरु सार्वजनिक भैसकेका छन् ।


