गोरखा । उत्तरी गोरखाको माछाखोलामा भिरबाट खसेको ढुङ्गाले लागेर १ युवकको ज्यान गएको छ । ज्यान जानेमा धार्चे गाउँपालिका ४ लाप्राकका ३५ बर्षिय जितबहादुर गुरुङ भएको पुष्टी भएको हो ।
गुरुङलाई धार्चे गाउँपालिका ५ को माछाखोलामा ग्याविनमा ढुङ्गा भर्ने क्रममा भिरबाट खसेको ढुङ्गाले लागेको थियो । ढुङ्गाले टाउकोमा लागेका गंभिर घाईते भएका गुरुङको उपचारको लागि राजधानीमा रहेको टिचिङ अस्पताल लगिएको थियो ।
उनको सोही अस्पतालमा उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी लिलाराज लामिछानेले जानकारी दिए ।
गुरुङले बन्दै गरेको झोलुङे पुलको सुरक्षाका लागि ग्याबिनमा ढुङ्गा भर्ने काम गर्दै आएका थिए ।


