गोरखा । गोरखाको पालुङ्गटार स्थित ठाँटीपोखरी बजारमा आज बिहान आगलागी भएको छ । आगलागीबाट नगरपालिकाचोक नजिकै रहेको २ पसल जलेर पुर्ण रुपमा नष्ट भएको छ ।
आगलागीमा परी एउटै घरमा रहेको सन्देश टेलर्स र सारिकिया सेनेटरी एण्ड सप्लायर्स पूर्णरुपमा नष्ट भएको पालुङटार प्रहरीले जनाएको छ ।
आगोलागी बिहान ४ः०० बजे मात्रै थाहा पाएको हार्डवयर सञ्चालक सुरज श्रेष्ठले बताए । ‘म ४ बजेतिर उठ्दा आगलागी भएको थाहा पाएको थिए । कति बेलाबाट आगलागी भयो केही थाहा भएन’ श्रेष्ठले भने । आगलागीका कारण पसल संगै रहेेकाे ज्ञानेन्द्र श्रेष्ठकाे घरमा समेत सामान्य क्षती पुगेकाे छ ।
बिहान ४ बजे पसलमा भएकाे आगलागीकाे तस्बिर
माथिल्लो तलाकाे टेलर्सबाट सुरु भएको आगो बिहान ७ बजेतिर नियन्त्रणमा आएको थियो । प्रहरीले क्षतीको विवरण संकलन गरी रहेको छ । यता हार्डवयर सञ्चालक श्रेष्ठले भने आफ्नो ५० लाख बरावरको क्षती भएको बताउछन्।
आगो स्थानीय र प्रहरीको सकृयतामा नियन्त्तणमा लिईएको थियो । आगलागीको कारण थाहा हुन सकेको छैन । आगलागीमा परेर १ थान सिलिण्डर समेत बिष्फोट भएको प्रहरीले जनाएको छ ।
तस्बिर किरण गिरी र भगवान मास्के























