नवलपुर । कावासोती नगरपालिका ३ स्थित अक्सफोर्ड ट्रायल सेण्टरभित्र जुवातास खेलिरहेको अवस्थामा गोरखाका १ जना युवा सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भिमसेन थापा गाउँपालिका ५ बगुवा घर भएका ३५ वर्षीय सन्दिपकुमार श्रेष्ठ लगायत ४ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
ट्रायल सेण्टरभित्र जुवातास खेलिरहेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीहरुको टोलीले उनीहरूलाई नगद ४४ हजार ९७७ रूपैयाँ र १ बुक तास सहित फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरुका सम्वन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




















