ईमान जंङ बानियाँ
गोरखा । पछिल्लो समयका चर्चित गायक लक्ष्मण गुरुङको सुमधुर स्वरमा रहेको ‘छिटको सारी’ बोलको म्युजिक भिडियो बजारमा आएको छ । धेरैको प्रतीक्षामा रहेको डान्सीङ भर्सनको गीतमा प्रेम पाण्डे (अनुपम) को शब्द, संगीत रहेको छ भने गीतलाई साहस शाक्यले संगीत संयोजन गरेका हुन् ।
निक्कै सुन्दर र रमणीय स्थलमा छायान्कन गरेको भिडियोमा दिपक एम सिंहको आकर्षक कोरियोग्राफी रहेको छ । भिडियोलाई विकाश दाहालले सम्पादन गरेका हुन् ।
म्युजिक भिडियोमा चर्चित नायक आकाश श्रेष्ठ र डान्सर कविता बिष्ट फिचर्ड छन् । भिडियो श्याम लामाको निर्देशनमा तयार पारिएको हो । जेबिआर रेकर्डिङ स्टुडियोको प्रस्तुतिमा रहेको भिडियोलाई ओएसआर डिजिटल नामक युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो ।


