गोरखा । सिरानचोक जौबारीकी मिरा उपरकोटिले गोरखा जिल्लाकै सबै भन्दा कम उमेरकी उम्मेदवार भएकी छिन । २१ वर्षकी मिराले सिरानचोक गाउँपालिका ८ को जौबारीबाट वडा सदस्यमा उम्मेदवारी दिएकी छन् ।
मिराले सोमबार नेकपा माओवादी केन्द्रबाट वडा सदस्यमा उम्मेदवारी दिएकी हुन् । गोरखाका ११ वटा स्थानिय तहमा मनोनयन दर्ता गराएकाहरूमा उनी नै सबैभन्दा कान्छो उम्मेदवार भएकी हुन् ।
पिछडिएको समुदायकी मिरालाई निर्वाचित भएको खण्डमा आफ्नै समुदायका लागि केही काम गरेर देखाउने रहर भएको गोरखा समाचारलाई बताइन । मिराले जातिय छुवाछुत तथा महिलालाई शिक्षामा पहुच तथा सामाजिक विसंगती बिरुद्व काम गर्ने ईच्छा भएको बताइन ।
सो वडाको वडाध्यक्षमा दिपक श्रेष्ठ, खुल्ला २ सदस्यमा प्रेम गुरुङ, सुक बहादुर थापा तथा दलित महिला सदस्यमा बृहस्पति बिकले उम्मेदवारी दर्ता गराएका छन् ।
मिरा माओवादीको भातृ संगठन अखिल क्रान्तिकारी महिला संघ भरतपुर महानगरको महिला सदस्य र वाइसिएल महानगर सदस्य समेत रहेकी छिन् ।


