गोरखा । गोरखा नगरपालिकाको छाप थोकमा रहेको एक घरमा आगलागी भएको छ । आगलागीबाट मानविय क्षती नभएता पनि धनमाल नष्ट भएको छ ।
प्राप्त जानकारी अनुसार गोरखा नगरपालिका १ को छापथोकमा सहेको खृुमल भट्टको घर पुर्ण रुपमा नष्ट भएको एक स्थानियले जानकारी दिए । आगलागीमा परेर घर भित्र रहेको नगद, सुन तथा चाँदीका गरगहना तथा अन्नपात नष्ट भएको छ ।
आगलागीबाट के कती क्षती भएको हो सो को विवरण भने प्राप्त हुन नसकेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । विवरण संकलन भईरहेकाले केही समय पछि क्षतीको पुर्ण विवरण आउने गोरखा प्रहरीले जनाएको छ ।
तस्बिर कुविर पौडेलको फेसबुक पेजबाट





