गोरखा । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा माओवादी केन्द्र र काँग्रेसले वडा अध्यक्ष सहित ९ पद निर्विरोध भएका छन् । निर्विरोध हुनेमा चुमनुब्री गाउँपलिका १, २, ५ र ६ मा वडा अध्यक्ष सहित ९ जना निर्विरोध भएका हुन् ।
चुमनुब्री गाउँपालिकाको निर्वाचन अधिकृत नानीबावु पोखरेलका अनुसार वडा नम्बर १ को सामागाउँमा सदस्य खुल्ला २ तर्फ पासाङ लामा (माके) र कर्मा साम्दो लामा (नेका) तथा महिला सदस्यमा दिक्छेन डोल्मा लामा (माके) मात्र आवेदन परेको छ । दलित महिला सदस्यमा भने कुनै पनि उम्मेवारी पर्न सकेन ।
चुमनुब्री कै २ को ल्हो मा दलित महिला तर्फ लाक्पा डिकी बिक (माके) को मात्र उम्मेवारी परेको छ । उता वडा नम्बर ५ को बिहीमा महिला सदस्य तर्फ सुनाम साङबो लामा (नेका) को मात्र उम्मेवादरी परेको छ ।
त्यस्तै गरी वडा नम्बर ६ को चुम्चेतमा वडा अध्यक्षमा सरोज लामा (माके) तथा खुल्ला सदस्य २ तर्फ सोनाम लामा (नेका) र ठिन्ले गाल्बो लामा (माके) तथा महिला सदस्य तर्फ ढोल्मा लामा (नेका) को एक उम्मेदवारी परेको छ ।
निर्वाचन अधिकृत पोखरेलका अनुसार उनीहरु बिरुद्व १७ गतेसम्म कुनै उजुरबाजुर भएन र भएता पनि प्रमाणी भएन भने निर्विरोध निर्वाचित हुने छन् ।


