गोरखा । नेकपा एमाले गोरखाले गोरखा नगरपालिकामा मेयर र उपमेयर पदमा उम्मेदवारी दर्ता गराएका छन् । एमाले गोरखाले मेयरमा सम्झना देवकोटा र उपमेयरमा दिनेश तमुलाई उम्मेदवारी दिएको हो ।
देवकोटा नेकपा एमाले केन्द्रिय कमिटी सदस्य तथा गाेरखा जिल्ला सह ईन्चार्ज र तमु प्रदेश कमिटी सदस्य हुन् ।
नेकपा एमाले गोरखाले आज गोरखा नगरपालिकाको १४ वटै वडा अध्यक्ष, नसस सदस्य, महिला सदस्य र दलित महिला सदस्यहरुमा उम्मेदवारी दिएका छन् ।


