गोरखा । काँग्रेसले अन्तत राजनराज पन्तलाई नै गोरखा नगरपालिकामा मेयरमा टिकट दिएको छ । प्रदेश काँग्रेसले विश्वदेव श्रेष्ठलाई मेयरमा टिकट दिए पछि पन्तका समर्थकले श्रेष्ठलाई आज कुटपिट गरे भने पार्टी कार्यालयमा तालाबन्दी समेत गरेका थिए ।
श्रेष्ठलाई गोरखा नगरपालिकाकाे मेयरमा टिकट दिएको समाचार सार्वजानिक हुनासाथै पन्त समर्थित युवाहरुले पहिले पार्टी कार्यायमा तालाबन्दी गरेका थिए भने श्रेष्ठलाई गोरखा बजारमा कुटपिट गरेका थिए । श्रेष्ठको टाउकोमा चोट देखिएको छ । उनका सहयोगी श्रवण जोशीलाई समेत उश्रृखल तरुण दलका युवाहरुले कुटपिट गरेका थिए ।
पन्तलाई नेपाली काँग्रेसका केन्द्रिय सभापति शेरबहादुर देउवाको ठाढो आदेशमा गोरखा नगरपालिकाको मेयर पदमा टिकट उपलब्ध गराएको काँग्रेस वित्तमा चर्चा चलेको छ । उनलाई टिकट उपलब्ध गराउन नेपाली काँग्रेसका सुरेन्द्रराज पाण्डेले भूमिका खेलेको पनि गोरखा काँग्रेसमा चर्चा चलेको छ ।
समाचार तयार पार्दासम्म पन्तले गाेरखा नगरपालिकाकाे मेयर पदमा उम्मेदवारी दर्ता गराइ सकेका छन् ।


