गोरखा । राष्ट्रिय प्रजातन्त्र पार्टीले गोरखा नगरका सबै उम्मेदवारहरुलाई गोरखाकाली मन्दिरमा राखेर हलो समातेर कमस खुवाएका छन् ।उम्मेदवारहरुलाई जिम्मेवारीमा रहदा भ्रष्ट्राचार गर्दिन भन्दै हलो समातेर कालिका मन्दिर अगाडी कसम खुवाएको हो ।
राप्रपाबाट गोरखा नगरमा मेयर पदका रुद्रराज पाण्डे, उपमेयर पदका सम्झना लामिछाने सहित वडाका उम्मेवारहरुलाई कसम खुवाईएको राप्रपाका जिल्ला उपाध्यक्ष तथा सचिवालय प्रमुख भिषण अर्यालले जानकारी दिए ।
पार्टीले उनीहरुलाई आज उम्मेवारी दर्ता गराउनु पूर्व नै मन्दिरमा राखेर कसम खुवाएको हो । उम्मेदवार सबैले आफुहरुले निर्वाचित भएर पदमा रहदा कुनै पनि प्रकारको भ्रष्ट्राचारमा संलग्न नहुने कमस खाएको पार्टी जनाएको छ ।
सचिवालय प्रमुख अर्यालका अनुसार मेयर र उपमेयर सहित १२ देखी १४ वटा वडामा उम्मेदवारी दिने तयारी भई रहेको जानकारी दिए ।


