गोरखा । नेपाली काँग्रेस गोरखाले गोरखा नगरपालिकामा मेयर र उपमेयर पदको उम्मेदवार चयन गरेको छ । काँग्रेसको प्रदेश समितिको पोखरामा भएको बैठकले गोरखा नगरपालिकाको मेयर र उपमेयर पदको उम्मेदवार चयन गरेको हो ।
गोरखा समाचारलाई प्राप्त जानकारी अनुसार मेयर पदका लागि गोरखा नगरपालिका ६ ठुलो आँगन निवासी विश्वदेव श्रेष्ठलाई चयन गरेका छ भने उपमेयर पदका लागि गोरखा नगरपालिका ११ का मसली मायाँ ठोकर(सपना पुन)लाई चयन गरेको हो ।
मेयर पदका श्रेष्ठ नेपाली गोरखाको जिल्ला कार्य समितिमा छन् भने ठोकर यस अघिको ०७४ को स्थानिय चुनावमा उपमेयर पदका दावेदार हुन् ।


