गोरखा । नेपाली कांग्रेस गोरखाले जिल्लाको ९ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षको उम्मेदवार टुङ्गो लगाएको छ । आइतबारराती बाट सुरु भएर बैठक सोमबार बिहान सकिदा उम्मेदवारको टुङ्गो लगाएको जिल्ला सचिव किशोर जंग थापाले जानकारी दिए ।
केही गाउँपालिकामा पुरानै अनुहार दोहरीएको भएता पनि केहीमा भने नयाँ अनुहारले स्थान पाएको छ । जिल्लाको २ नगरपालिका गोरखा र पालुङटारको भने प्रदेश समितिले निर्णय गर्ने हुदा केही बेरमा नै निर्णय आउने नेपाली काँग्रेस गोरखाले जनाएको छ ।
कुन गाउँपालिकामा को को भए त उम्मेदवार ?
अजिरकोट गाउँपालिका
अध्यक्ष : गोबिन्द गुरुङ
उपाध्यक्ष : इन्द्र गुरुङ
सिरानचोक गाउँपालिका
अध्यक्ष : ज्ञानेन्द्र गुरुङ
उपाध्यक्ष : रिता देवकोटा
गण्डकी गाउँपालिका
अध्यक्ष : होमबहादुर राना मगर
उपाध्यक्ष : ललिता अधिकारी
भिमसेन थापा गाउँपालि
अध्यक्ष : रोसन गुरुङ
उपाध्यक्ष : अमृता वस्ती
आरुघाट गाउँपालिका
अध्यक्ष : राजु गुरुङ
उपाध्यक्ष : कल्पना नेपाली
धार्चे गाउँपालिका
अध्यक्ष : सन्तोष गुरुङ
उपाध्यक्ष : फुलमाया गुरुङ
चुमनुब्री गाउँपालिका
अध्यक्ष : धनबहादुर गुरुङ
उपाध्यक्ष : चयन हुन् बाँकी छ
बारपाक सुलिकोट गाउँपालिका
अध्यक्ष : जितबहादुर घले
उपाध्यक्ष : जानुका सापकोटा
शहीदलखन गाउँपालिका
अध्यक्ष : नारायण लामिछाने
उपाध्यक्ष : टुङ्गीन बाँकी छ ।


