गोरखा । गोरखाको लार्के पासका लागि आएका कोरियन नागरिक मृत्त फेला परेका छन् । ५ हजार २५० मिटर अग्लो पास गर्न आएका डोङकी जङ चुम नुब्री गाउँपालिकाको धर्मशालामा रहेको लार्के होटल मृत्त भेटिएको हो ।
६४ बर्षिय जङको मृत्यु को कारण भने खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ । चुमनुब्री गाउँपालिका १ को धर्मशालामा रहेको होटल सुति रहेको अवस्थामा मृत्त भेटिएका कोरियन नागरिकको शव शनिबार नै धर्मशालाबाट हेलि मार्फत संघिय राजधानीमा रहेको त्रिवि शिक्षण अस्पतालमा पठाईएको हो ।
प्रहरीको प्रारम्भीक अनुसन्धानमा जङलाई लेक लाग्दा उनको ज्यान गएको हुन सक्ने अनुमान गरिएको छ । शुक्रबार धर्मशाला पुगेका उनले शनिबार लार्के पास गरेर मनाङ जाने तयारीमा थिए ।
जङको मृत्युको बिषयमा प्रहरीले अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक तथा सूचना अधिकारी लिलाराज लामिछानेले जानकारी दिए ।


