काठमाण्डौं । स्मारिका ढकाल र रंजित पौडेल फिचर्ड गायिका सुशिला बरालको ‘तिमीलाई हेरेर’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । प्रेमिल शैलीको यस गीतमा स्वयम् गायिका बरालको शब्द, संगीत रहेको छ । यस गीतलाई महाराज थापाले संगीत संयोजन गरेका हुन् ।
माधव बेलबासेको सम्पादन रहेको यस भिडियोलाई अमृत सुनुवारको छायाँकन र निर्देशनमा तयार पारिएको हो । भिडियोको कथा आयाम पौडेलले लेखेका हुन् । गायिका बरालको च्यानल ‘सुशिला बराल अफिसिएल’ मार्फत भिडियो सार्वजनिक गरेको हो ।
संगीतकी विद्यार्थी समेत रहेकी गायिका बरालका यसअघि ‘जुनी जुनी’, ‘तिम्ले आँखाको इसाराले’ लगायातका गीतहरु सार्वजनिक भैसकेका छन् ।


