काठमाण्डौं । संगीतकार आधार तुम्बापोको संगीतमा समावेश ‘सिसा सरी’ बोलको गीतको स्टुडियो भर्सन भिडियो सार्वजनिक भएको छ । सेण्टिमेण्टल भर्सनको यस गीतमा स्वर बिष्णु अधिकारी रहेको छ । जित थुलुङको शब्दमा रहेको यस गीतलाई गायक अधिकारीले नै संगीत संयोजन गरेका हुन्
।
विगत लामो समयदेखि नेपाली संगीतमा सक्रिय संगीतकार सुब्बाको संगीतमा चर्चित गायक गायिकाहरु रामकृष्ण ढकाल, अन्जु पन्त, मेलिना राई, राजेश पायल राई, प्रताप सुब्बा लगायात दर्जनौ कलाकारले आफ्नो स्वर दिसकेका छन् । हालै मात्र गायक उदय सोताङको स्वरमा रहेको ‘तिम्रो साथ’ बोलको म्युजिक भिडियो समेत सार्वजनिक भैसकेको छ । नयाँ पुस्ताका कलाकारहरु सुनिता थेगिम, विकाश लिम्बु र छिट्टै रवि ओढले समेत गीत गाउने तय भैसकेको उनले बताएका छन् ।
भुटानमा जन्मिएका संगीतकार तुम्बापोले नेपालमा लामो समय शरणार्थी जीवन बिताएका थिए । पुनर्वास प्रक्रिया बाट सन् २०१२ मा अमेरिका पुगेका तुम्बापो हाल अमेरिकाको ओहायो राज्यमा बस्दै आएका छन् । अमेरिकामा रहेको हिमालयन आर्ट्स ल्याङ्ग्वेज एण्ड कल्चरल एकेडमी उनि संगीत प्रशिक्षकका रुपमा समेत कार्यरत छन् । भर्खर सार्वजनिक भिडियो संगीतकार तुम्बापोको युट्युव च्यानल ‘आधार तुम्बापो’ मार्फत सार्वजनिक भएको हो ।


