गोरखा । माओवादी केन्द्र गण्डकी गाउँपालिकाले सर्वसम्मत रुपमा पालिका अध्यक्षको उमेद्वार छनौट गरेको छ । केन्द्रले गण्डकी गाउँपालिकाको अध्यक्षमा पार्टीका प्रदेश समिति सदस्य दिपक तिमिल्सिना ‘‘साकार’लाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
गाउँपार्टीको आइतबार बसेको बैठकले तिमिल्सिनालाई पार्टीको तर्फ गाउँपालिकाको अध्यक्षमा सर्वसम्म उम्मेदवार बनाउने निर्णय गरेको पार्टीका अध्यक्ष सिताराम रसाइलीले जानकारी दिए ।
प्रस्तवित अध्यक्षका उमेद्वार तिमिल्सिना पार्टीको गण्डकी गाउँपालिका इन्चार्ज समेत हुनुह । गण्डकी गाउँपालिकामा अघिल्लो निर्वाचनमा तिमिल्सिना झिनो मतान्तरले पालिका अध्यक्षमा पराजित भएका थिए ।
गोरखाका ११ स्थानीय तहमध्ये माओबादीको आधार इलाका मानिने गण्डकी गाउँपालिकाबाट माओवादी केन्द्रले अध्यक्षको उम्मेदवारी घोषणा गरेको हो ।


