गोरखा । गोरखामा बुधबार साँझ चट्याङ लागेर २ जना घाइते भएका छन् । अचानक मौषममा आएको परिवर्तन संगै चट्याङ लागेर सिरानचोक गाउँपालिका ३ हर्मीका करिब १७ बर्षका कैलाश भण्डारी र उदयपुर जिल्ला बेलटार नगरपालिका ४ घर भएका भई हर्मी बस्दै आएका ४८ बर्षका पदम भुजेल घाइते भएका हुन् ।
भण्डारी बारीबाट घाँस बोकेर गोठ तर्फ फर्कदै गर्दा चट्याङ लागेको थियो । चट्याङ लागेर घाइते भएका भण्डारी तत्काल स्थानीयबासीले उद्धार गरेर आपँपिपल अस्पतालमा उपचारका लागी पठाएका थिए । उनको त्यहाँ सामान्य उपचार पछि थप उपचारको लागि चितवनको भरतपुर पठाएको जनाएको आँपपिपल अस्पतालले जनाएको छ । उनको साँझसम्म पनि होस नखुलेको उनका आफन्तले जानकारी दिएको हो ।
उता ज्याला मजदुरी गरेर हर्मीमा बस्दै आएका भुजेललाई मकुन डाँडामा बसी रहेका बेला चट्याङ लागेर थियो । घाइते भुजेलको आपँपिपल अस्पतालमा उपचार भइरहेको छ ।
बानियाँ संगै घरमा रहेको कुकुरलाई समेत चट्याङ लागेर कुकुरको तत्कालै ज्यान गएको थियो ।


