काठमाण्डौं । प्रेमिल शैलीको ‘तिमीलाई मैले देखेको’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । यस गीतमा मनोज श्रेष्ठको स्वर, शब्द र संगीत रहेको छ । युवा प्रेम र आकर्षणको भावानालाई व्यक्त गरिएको यस गीतलाई राहुल बिश्वकर्माले संगीत संयोजन गरेका हुन् ।
काठमाण्डौंको गोकर्णेश्वर नजिकै रहेको जग्डोल पार्कमा छायाँकन गरिएको यस भिडियोमा सुबाश शाह र एलिशिबा फुँयाल बिचको अन्स्क्रिन प्रेम र रोमान्स प्रस्तुत गरिएको छ । मिराज अर्यालले छायाँकन गरेको भिडियोलाई सुबाश शाहले सम्पादन गरेका हुन् ।
फोर बि पिक्चर्सको प्रस्तुति रहेको यस भिडियोलाई प्रोमोशन नेपाल सँगको सहकार्यमा तयार पारिएको हो । विजय मगरको निर्देशनमा भिडियो तयार पारिएको हो । गायक श्रेष्ठको आधिकारिक च्यानल ‘जेन श्रेष्ठ’ मार्फत भिडियो सार्वजनिक गरिएको हो ।




















