गोरखा । शहीद लखन गाउँपालिकामा ४० जनालाई निःशुल्क सिपमुलक तालिम सुरु गरिएको छ । स्वरोजगार सृजना गर्ने उद्देस्य सहित निःशुल्क सिपमुलक तालिम सुरु गरिएको हो ।
तालिम अन्तरर्गत मोटरसाईकल मेकानिक्स तर्फ २० जना र प्लम्बर तर्फ २० जना सहभागी भएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत जीवनबहादुर आलेमगरले जानकारी दिए ।
सोमबारदेखि सुरु भएको तालिम आउदो असार मसान्तसम्म सञ्चालनमा आउने छ । प्राबिधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटीईभिटी) पोखराको सहयोगमा भगवती हिमालय माध्यामिक बिधालयमा तालिम सञ्चालन गरिएको हो ।
तालिमको एक कार्यक्रमका बिच गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापामगरले उद्घाटन गरेका थिए ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत आले मगर, वडा नम्बर ६ का वडाध्यक्ष दिलिपनारायण थापा, भगवती हिमालय माध्यामिक बिधालयका प्रधानध्यापक कृष्णराज पन्त लगायतको सहभागिता रहेको थियो ।
बिधालय व्यवस्थापन समितिका अध्यक्ष खुनप्रसाद रेग्मीको अध्यक्षतामा कार्यक्रममा तालिमको उद्घाटन कार्यक्रम सम्पन्न भएको हो ।


