गोरखा । बैशाख ३० गते हुने स्थानिय निर्वाचनमा गोरखाको शहिद लखन गाउँपालिकामा नेपाली काँग्रेसको तर्फबाट अध्यक्षमा ९ जनाले दावेदारी प्रस्तुत गरेका छन् । अध्यक्षका लागि गाउँ पार्टी सभापति काशिनाथ अंगाईदेखी शरण श्रेष्ठसम्मको दावेदारी परेको हो ।
नेपाली काँग्रेस शहिद लखन गाउँपार्टीको चैत्र २२ गते भएको बैठकमा अध्यक्ष र उपाध्यक्षमा सर्व सम्मत हुन नसकेका कारण आकांक्षी ९ अध्यक्ष र ३ उपाध्यक्षको नामावली जिल्ला पार्टी कार्यालयमा सिफारीस गरी पठाईएको गाउँपार्टी सपभाति काशिनाथ अंगाईले जानकारी दिए ।
अध्यक्ष अंगाईका अनुसार उनी सहित क्षेत्र नम्बर १ का सभापति नारायण लामिछाने पनि अध्यक्षका लागि आकांक्षा देखाएका छन् । अंगाई भने हाल शहिद लखन गाउँपालिका ८ का वहाल वाला वडाध्यक्ष हुन् ।
त्यस्तै गरी, ०७४ को स्थानिय निर्वाचनमा अध्यक्षमा हार ब्यहोरेका कृण्णबहादुर आलेले पनि अध्यक्षका लागि दावी प्रस्तुत गरेका छन् । उनी हाल पार्टी जिल्ला सचिव समेत हुन् । ०७४ कै स्थानिय निर्वाचनमा जित निश्चित भएका आलेले प्रचार प्रशारमा कमजोरी गरेका कारण सो गाउँपालिकाको अध्यक्षबाट हार ब्यर्होनु परेको पार्टी बृत्तमा चर्चा चल्ने गरेको छ ।
अध्यक्ष पदमा कमला लामिछाने पनि आकांक्षी भएको नेपाली काँग्रेस गाउँपार्टीले जनाएको छ । सदरमुकामा एनजिओ चलाएका उनी हाल महासमिति सदस्य समेत हुन् ।
यता क्षेत्र नम्बर १ (क) का सभापति खुनप्रसाद रेग्मी, क्षेत्र नम्बर १ को सचिव तथा ७ को वडाध्यक्ष शरण श्रेष्ठ, पूर्व महाधिवेशन प्रतिनिधी जनार्दन अर्यालले पनि अध्यक्षमा दावेदारी प्रस्तुत गरेका छन् ।
त्यस्तै गरी जिल्ला समन्वय समितिका उप प्रमुख तथा महाधिवेशन प्रतिनिधी जनुका अधिकारी र राजधानी बसेर क्याम्पमा प्राध्यापन गराउदै आएका उमेशराज वाग्ले समेत अध्यक्षका आकांक्षी रहेका छन् ।
उपाध्यक्षमा भने ३ जनाको दावी परेका छ । जसमा महाधिवेशन प्रतिनिधी सर्मिला श्रेष्ठ र जिल्ला पार्टी सदस्य रहेका टिका श्रेष्ठ र कबिता ढकालले उपाध्यक्ष पदमा दावेवादी गरेका हुन् ।


